१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ८ सोमबार १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार

उपसचिव बनेर ठगी गर्ने जानुका पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार १७:२५:oo

आफू नेपाल सरकारको उपसचिव हुँ भन्दै भ्रममा पारेर ठगी गर्दै आएकी महिला पक्राउ परेकी छिन्। दैलेखको दुनेचौर गाउँपालिका–५ घर भई ललितपुर बस्ने ४० वर्षीय जानुका न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। 

ठेक्का मिलाइदिन्छु भनेर उनले सात लाख ६० हजार आठ सय रुपैयाँ ठगी गरेको एसपी अंगुर जिसीले बताए। जानुकाले आफू कानुन मन्त्रालयको उपसचिव भएको र विमानस्थलमा कार्यरत रहेकोले विमानस्थलका ठेक्का मिलाइदिने भन्दै पैसा लिएकी हुन्। राजस्वका लागि भनेर उनले त्यसरी पैसा लिएको अनुसन्धानमा खुलेको छ।