
उदयपुरको कटारी नगरपालिका– २ गराँसस्थित नारायणी सामुदायिक वनमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार आज सोमबार बिहान घाँस काट्ने क्रममा भालुको आक्रमणबाट ४६ वर्षीय पञ्चमाया तामाङ घाइते भएकी हुन् । घाइते महिलाको अहिले कटारी अस्पताल उदयपुरमा उपचार भइरहेको डिएसपी दोङले जानकारी दिए ।