
इन्डियन प्रिमियर लिग(आइपिएल)को यो सिजनमा चेन्नइ सुपर किंग्सको खराब प्रदर्शन जारी छ ।
आइतबारको खेलमा पनि चेन्नइ पराजित भएको छ। मुम्बईले चेन्नइलाई ९ विकेटले हराएको हो। आठ खेलमा चेन्नइको यो छैटौं हार हो।
पहिले ब्याटीङ गरेर चेन्नइले १७६ रन बनाएको थियो । जवाफी ब्याटीङमा मुम्बईले १५.४ ओभरमै लक्ष्य पूरा गरेको छ । मुम्बईका लागि रोहित शर्मा चम्किएपछि चेन्नइमाथि सहजै जित निकालेको हो। यसअघिका खेलमा राम्रो प्रदर्शन गर्न नसकेका रोहितले चेन्नइविरुद्ध ४५ बलमा अविजित ७६ रन हानेका थिए। त्यस्तै, सूर्यकुमार यादबले पनि ३० बलमा ६८ रनको आक्रामक अविजित पारी खेले ।
हारसँगै चेइन्न आइपिएलको अंकतालिकको पुछारमा रहेको छ भने आइतबारको जितसँगै मुम्बई छैंटौं स्थानमा उक्लिएको छ । आठ खेलमा मुम्बईले चार जित निकालेको छ ।