१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ६ शनिबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ६ शनिबार १३:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनकुटामा पहिलो पटक भलिबल उत्सव तथा रमाईलो मेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ६ शनिबार १३:o२:oo

धनकुटामा पहिलो पटक भलिबल उत्सव तथा रमाईलो मेला शुरु भएको छ । जिल्ला भलिबल संघ धनकुटाको आयोजनामा तल्लोटँडिखेल आजदेखि भलिबल उत्सव शुरु भएको हो ।

भलिबल उत्सवको कोशी प्रदेशका पूर्वराज्यमन्त्री एवम् प्रदेशसभा सदस्य निरन राईले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेका छन् । भलिबल उत्सवको उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य राईले खेलको माध्यमद्धारा धनकुटालाई चिनाउन सहयोग पुग्ने बताए ।

विश्वका युरोपियन देशहरु खेलको माध्यमद्धारा संसारमा चर्चित रहेको उल्लेख गर्दै धनकुटालाई भलिबल खेलको माध्यमद्धारा चिनाउन सबैले सहयोग गर्नु पर्नेमा सदस्य राईले जोड दिए । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले खेलकुदको विकाससँगै स्वास्थ्य जीवन जिउन पनि मद्दत पुग्ने भएकोले खेलकुदको विकास गर्न आवश्यक रहेको बताए ।

आज भएको महिला भलिबल तर्फको उद्घाटन खेलमा पाख्रीवास नगरपालिकालाई २५–१० र २५–११ को सोझो सेटमा पराजित गर्दै सहिदभूमि गाउँपालिका धनकुटा विजयी भएको छ ।

बैशाख २० गतेसम्म सञ्चालन हुने भलिबल उत्सवमा भलिबल प्रतियोगितासँगै दुनाटपरी बनाउने, शंख बजाउने, डोको बुन्ने र दौड प्रतियोगिता पनि हुने जिल्ला भलिबल संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले बताए । वडा स्तरीय हुने पुरुष भलिबल प्रतियोगितामा २० टीम र पालिका स्तरीय हुने महिला भलिबल प्रतियोगितामा ६ टीम सहभागी रहेका छन् । 

महिला र पुरुष दुवैतर्फका विजेता टीमलाई ५० हजार र उपविजेतालाई ३० हजार नगर पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । उक्त उत्सवमा हरेक दिन गायक दुर्गेश थापा, गायिका एलिना चौहान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुनेछ ।