
बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री हुने सबै बिवाइडी इलेक्ट्रिक भेइकल (इभी)मा व्यापक विस्तारित वारेन्टी नीति अर्थात् कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागू गर्ने घोषणा गरेको छ । बिवाइडीका एडभान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो ।
सो वारेन्टीअन्तर्गत निम्न कभरेज उपलब्ध हुनेछन्– वारेन्टी ब्याट्रीअन्तर्गत पहिले उपलब्ध आठ वर्ष वा एक लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा दुई लाख किलोमिटर पु¥याइएको कम्प्नीले जनाएको छ । त्यस्तै, मोटर वारेन्टीमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा दुई लाख किलोमिटर पु¥याइएको छ । यसले ग्राहकमा लामो समयसम्म मानसिक शान्ति सुनिश्चत गर्ने कम्पनीको दाबी छ ।
त्यसैगरी, होल भेइकल वारेन्टीअन्तर्गत लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्टलगायतका कम्पोनेन्टमा हाल उपलब्ध चार वर्ष वा एक लाख किलोमिटरको वारेन्टी बढाएर पाँच वर्ष वा एक लाख २५ हजार किलोमिटर पु¥याइएको छ । यसबाहेक जनरल भेइकल पार्टस् वारेन्टीमा अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटरलगायतका विभिन्न पार्टस्वाहेकका सबै भेइकल पार्टस्मा रहेको ६ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा एक लाख ८७ हजार पाँच सय किलोमिटर पु¥याइएको कम्पनीको भनाइ छ ।
यो एक्सटेन्डेड वारेन्टी नीतिले बिवाइडी इभीको टिकाउपना, राम्रो पर्फर्मेन्स र विश्वसनीयताप्रतिको बलियो विश्वासलाई झल्काउने कम्पनीले जनाएको छ । साइमेक्स इंकका सिइओ साहिल श्रेष्ठले भने, ‘हाम्रो यो एक्सटेन्डेड वारेन्टीले बिवाइडीको अत्याधुनिक विद्युतीय सवारी प्रविधिप्रति हाम्रो दृढ विश्वास र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ ।’