१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ४ बिहीबार ११:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिइन् पदबाट राजीनामा ?

एक व्यक्ति एक पदको अवधारणामा राजीनामा, विधायिकी कार्यमै केन्द्रित हुने भनाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार ११:२८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री पद छोडेको श्रेष्ठले बताइन् ।

‘मेरो लागि फुलटाइम सांसद पद हो । फेरि एक व्यक्ति एक पद हाम्रो अवधारणा पनि हो । त्यसैले ठाउँ छोडिदिनुपर्छ भन्ने कुरा हो । सभापति (रवि लामिछाने)ज्यू जिम्मेवारीमा फर्केकै वेला राजीनामा दिएको हो । उहाँले पजिटिभ रूपमा लिनुभयो । एक व्यक्ति एक पदको वैचारिक लाइनमा छलफल गर्नुपर्छ भन्ने थियो । कसरी अगाडि लाने भनेर कुराकानीमा थियौँ । तर, उहाँ हाउसबाटै अरेस्टमा परेपछि रोकियो,’ उनले भनिन् । प्रतिनिधिसभा सदस्यसमेत रहेकी श्रेष्ठले पार्टीभित्र सुधारका लागि आफूले यो कदम चालेको बताइन् । ‘सेम मान्छे पार्टीमा पनि र संसदमा पनि हुँदा चेक एन्ड ब्यालेन्स भएन । राजनीतिक सुधारको विषय हुनुपर्छ, यो तहको छलफल हुनुपर्छ भनेर सोचिरहेका थियौँ । सुधारका लागि गरेको हो । नयाँ दल भएकाले नयाँ अभ्यास गर्ने, नयाँ साथीलाई काम गर्नका लागि छोड्नुपर्छ भन्ने हो,’ उनले भनिन् । 

रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले सुमनासहित केही विभागका प्रमुख र सचिवालय सदस्यले पनि जिम्मेवारी छोड्ने घोषणा गरेको बताए । यो सभापति लामिछानेको पार्टी पुनर्संरचना गर्ने अभियानकै सिलसिला भएको उनको भनाइ छ । ‘सुमनाजीको राजीनामा सही हो । सकारात्मक हो । कुनै असन्तुष्टिको कारण होइन । मेरो प्राथमिकताको काम विधायिकी काम हो । धेरै पद ओगटेर बस्नुहुँदैन भनेर दिनुभएको हो । स्वीकृतिको प्रक्रियामा छ,’ झाले भने । 

सभापतिले जिम्मेवारीमा फर्केर पार्टीमा पुनर्संरचना गर्न चाहेको भनेपछि त्यसलाई सहज बनाउन राजीनामा दिएको उनको भनाइ छ । ‘केही विभाग प्रमुख र सचिवालय सदस्यले पनि पार्टी सभापतिको त्यो पहललाई सहज बनाउन छोडिदिन्छु भन्नुभएको छ । सभापतिज्यू फेरि गिरफ्तारीमा परेपछि अड्कियो । फेरि सचिवालय बस्दै छ । त्यसले कसरी अगाडि बढाउँछ, अब निर्णय होला,’ उनले भने ।