१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जग्गा बैना गर्न बोलाएर मनहरामा ६० लाख लुटियो, १८ जना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

जग्गा बैना गर्न बोलाएर काठमाडौंमा ६० लाख लुटपाट भएको छ। लुटपाटमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका– ३२, मनहरा प्लानिङमा  गत २७ चैतमा रितेश लामाको ६० लाख रुपैयाँ लुटिएको हो। नवराज खनाल नाम गरेको व्यक्तिले बौद्धका रितेश लामालाई बैनाका लागि बोलाएर पैसा लुटेर कारमा फरार भएका हुन्।

सो घटनामा संलग्न देखिएका १८ जनालाई पक्राउ गरी अदालतबाट सात दिन थुनामा म्याद लिएर अनुसन्धान अघि बढाइएको काठमाडौंका एसपी अपिलराज बोहराले बताए। 

लुटपाटमध्येको ३० लाख एक हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। पीडितले जग्गाको कारोबार भनेपनि घटना शंकास्पद रहेको र विस्तृत अनुसन्धान भइरहेको एक प्रहरी अधिकारीले बताए।

पक्राउ परेकाहरू-

*रितेश लामाको रकम लुटिएको हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएकाे छ । -सम्पादक