१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
कतारविरुद्ध ५० रनको साझेदारी गरेपछि नेपालका ओपनर ।
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:५१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चारदेशीय टी–२० आई सिरिज : कतारमाथि नेपालको सानदार जित

कतारले दिएको १५२ रनको लक्ष्य पछ्याउँदा नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५.४ ओभरमा ८१ रनको साझेदारी गर्दै जितको आधार बनाए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:५१:oo

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले चारदेशीय टी–२० आई सिरिजमा सानदार जित निकालेको छ । हङकङको मोङ कोक मैदानमा बुधबार नेपालले कतारमाथि आठ विकेटको जित निकालेको हो । पाँच महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको नेपालले कतारलाई १७औँ ओभरमा पाखा लगाएको हो । नेपालले अन्तिमपटक गत अक्टोबरमा अमेरिकाविरुद्ध टी–२० आई खेलेको थियो । 

चारदेशीय टी–२० आईमा कम वरीयता प्राप्त कतारले पहिलो ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । कतारले २० ओभरमा पाँच विकेट गुमाएर १५१ रन बनायो । प्रत्युत्तरमा नेपालले १७ ओभरमा दुई विकेटको नोक्सानीमा १५४ रन बनाउँदै सिरिजमा पहिलो जित निकाल्यो । सिरिजअन्तर्गत अर्को खेलमा हङकङमाथि कुवेतले चार विकेटको जित दर्ता ग¥यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ प्रदर्शन गरेका थिए । उनले केवल १९ बलमा ३८ रनको योगदान दिए । १५२ रनको लक्ष्य पछ्याएको इनिङ्समा नेपालका लागि ओपनर कुशल र आसिफ शेखले ५.४ ओभरमा ८१ रन जोडेर जितका आधार बनाएका थिए । भुर्तेल र शेखले प्रतिओभर १५ को रनरेटमा ब्याटिङ गरेका थिए । म्यान अफ दी म्याच भुर्तेलले ३८ रनको योगदान दिन चार चौका र तीन छक्का प्रहार गरेका थिए । मुजिब उर रेहमानको ओभरमा सट लगाउने क्रममा भुर्तेल कट एन्ड बोल्ड भए । 

त्यसपछि ७.६ ओभरमा नेपालले शेखलाई गुमायो । शेखले २१ बलमा चार छक्काको सहयोगमा ३३ रन बनाए । उनलाई गुमाउँदा नेपाल ९२–२ को बलियो अवस्थामा थियो । कप्तान रोहितकुमार पौडेल र बसिर अहमेदले तेस्रो विकेटका लागि नटआउट ६२ रनको साझेदारी गरे । रोहितले २९ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३७ रन बनाए । बसिरले ३३ बलमा दुई चौकाको मद्दतमा ३० रनको योगदान दिए । 

पाँच महिनाको ब्रेकपछि चम्केका भुर्तेल
सन् २०२४ को सिजनमा ओपनर भुर्तेलको आकर्षक ब्याटिङ देखिएन । अक्टोबर–नोभेम्बरमा अमेरिका भ्रमणमा रहँदा कुशलले समग्रमा एकदिवसीय र टी–२० आईमा गरी २१७ रन जोडेका थिए । खराब ब्याटिङ प्रदर्शन गरे पनि उनले १० वटै इनिङ्समा अवसर पाए । अमेरिका भ्रमणमा उनले एक अर्धशतकीय इनिङ्स खेले । १० वटै खेलमा समग्रमा उनले १४ चौका र १० छक्का प्रहार गरेका थिए ।

सन् २०२४ को सिजनमा उनले २४ मध्ये २३ अन्तर्राष्ट्रिय खेलमा दुईपटक नटआउट रही ३८३ रन बनाएका थिए । उनले दुईपटक अर्धशतकीय इनिङ्स खेलेका थिए । उनी पाँचपटक डकआउट भएका थिए । उनले कतारविरुद्धको दुईवटा टी–२० आईमा ५० रन जोडेका छन् । कतारसँगको खेलमा उनले ६ चौका र तीन छक्का प्रहार गरे । यो पाँच महिनाभित्र नेपाल प्रिमियर लिग र प्रधानमन्त्री एकदिवसीय क्रिकेटमा सहभागी भएका भुर्तेल सन् २०२५ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्न सफल भए । 

हेड टु हेडमा नेपाल अगाडि
अन्तर्राष्ट्रिय टी–२० मा नेपाल र कतारबिच अहिलेसम्म तीन खेल भए । हङकङमा यी दुवै टोली तेस्रोपटक आमनेसामने भएका हुन् । हेड टु हेडमा नेपालले कतारलाई २–१ ले पछि पारेको छ । २३ जुलाई २०१९ मा नेपाल र कतारबिच पहिलो टी–२० आई खेल भएको थियो । आइसिसी पुरुष टी–२० एसिया क्षेत्रीय फाइनलमा नेपाल कतारसँगको पहिलो भेटमै चार विकेटले स्तब्ध भएको थियो । कतारसँगको हार नेपाललाई निकै महँगो साबित भएको थियो । हारले नेपाल एसिया क्षेत्रीय छनोट पार गर्न सकेन । नेपालले टी–२० विश्वकपमा स्थानसमेत गुमायो । विश्वकप छनोटमा नेपालको कप्तानी पारस खड्काले गरेका थिए । १३ अप्रिल २०२४ मा नेपालले दोस्रोपटक कतारविरुद्ध प्रतिस्पर्धा गर्दा ३२ रनको जित निकाल्यो । एसिसी पुरुष प्रिमियर कपमा नेपालले पहिलो ब्याटिङ गरी सात विकेट गुमाएर २१० रन बनाएको थियो । कतराले २० ओभरमा नौ विकेटको क्षतिमा १७८ रन जोडेको थियो ।

डेब्युमै नन्दनले लिए विकेट
चारदेशीय टी–२० आई सिरिजमा दायाँहाते ब्याट्सम्यान तथा बलर नन्दन यादवले नेपालबाट डेब्यु गरेका छन् । नेपाल क्रिकेट संघले प्रधानमन्त्री कपमा अलराउन्डर प्रदर्शन गरेका नन्दनलार्ई राष्ट्रिय टोलीमा पहिलोपटक समावेश गरेको हो । उनी आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी–२० आई खेलमा विकेट लिन सफल भए । उनले चार ओभरमा २८ रन खर्चेर एक विकेट हात पारेका हुन् । कतारको ब्याटिङमा आक्रामक रूपमा ब्याटिङ गरिरहेका कप्तान इक्रमुल्लाह खानको विकेट उनले लिएका हुन् । नन्दनले खानलाई बोल्ड गरे । इनिङ्सको १७.६ ओभरमा नन्दनले आफ्नो अन्तिम स्पेल फ्याँक्दा डेब्यु विकेट हात पारे । 

कतारविरुद्ध करण केसीले ३० रनमा एक विकेट हात पारे । यसैगरी, सोमपाल कामी, गुल्सन झा र ललितनारायण राजवंशीले समान एक विकेट लिए । अलराउन्डर दीपेन्द्रसिंह ऐरी विकेटविहीन रहे । हङकङको ब्याटिङमा कप्तान खानले ५३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । सहजैव जमिलले २१ बलमा चार छक्काको सहयोगमा ३१ रन बनाए ।