मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
फाइल तस्बिर
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस–एमाले सत्तासहकार्यमा कुनै समस्या छैन : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार १४:३२:oo

नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्तासहकार्यमा कुनै समस्या नरहेको बताएको छ। बिहीबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा पार्टीका मन्त्रीहरूसँग भएको छलफलको निष्कर्ष सुनाउँदै गृहमन्त्री रमेश लेखकले यस्तो जानकारी दिएका हुन्।

पार्टीका मन्त्रीहरूले कांग्रेस र एमालेका बिचमा भएको सातबुँदे सहमतिअनुसार नै यो समीकरणलाई अघि लैजाने बताएका उल्लेख गर्दै लेखकले भने, ‘हाम्राबिचमा कुनै समस्या छैन। दुई दल सम्मिलित सरकारमा कुनै बाधा–व्यवधान, अफ्ठ्याराहरू छैनन्। आफ्नो–आफ्नो मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने भन्ने कुरामा छलफल भएको छ।’

बैठकमा पार्टी सभापति देउवाले मन्त्रीहरूसमक्ष गरेको ब्रिफिङबारे उनले थप भने, ‘सभापतिजीको कुरा पनि त्यही हो– नेपाली कांग्रेस र एमालेको सहमतिअनुसार अघि बढ्ने हो। मुलुकमा सुशासन कायम गर्ने हो, आर्थिक समृद्धि गर्ने हो । र, यसै विषयमा केन्द्रित रहेर तपाईंहरू काम गर्नुस् भनियो र हाम्रा दुई दलबिचकुनै समस्या छैन भन्ने नै हाम्रो निष्कर्ष हो।’