
सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसीले आफू प्रधानमन्त्री हुन मात्र बाँकी रहेको बताएका छन्।
आइतबारको सोलुखुम्बुमा भएको चुनावीसभालाई सम्बोधन गर्दै नेता केसीले आफू मन्त्री भइसकेको र अब प्रधानमन्त्री हुन मात्र बाँकी रहेको बताएका हुन्।
सोलुखम्बुको विकासका लागि सडक, खानेपानी शिक्षा र स्वास्थ्य क्षेत्र आफनो प्राथमिकतामा रहेको बताउँदै केसीले आफूले स्थानीयदेखि संघीय सरकारसँग पहुँच राख्न सक्ने र यसअघिका आफ्ना कार्यलाई हेरेर जनताले आफूलाई निर्वाचित गराउने दाबी गरे।
सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका केसीले एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्दै छन्। २०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसीलाई यसपटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित गठबन्धन दलको समर्थन छ।