मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १५ मंगलबार १०:०७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दोस्रो गणेशमान सिंह टेनिस हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १५ मंगलबार १०:०७:००

वीर गणेशमान सिंहको संस्मरणमा दोस्रो संस्करणको टेनिस प्रतियोगिता १९ कात्तिकदेखि हुने भएको छ । वीर गणेशमान सिंह प्रतियोगिताअन्तर्गत टेनिस र १० किलोमिटर रोड रेस हुनेसमेत सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

ललितपुर सातदोबाटोस्थित टेनिस कोर्टमा २६ कात्तिकसम्म हुने टेनिस प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियर छात्र इभेन्ट समावेश रहेका छन् । यसैगरी, छात्रातर्फ विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने टेनिस प्रतियोगिताको संयोजक तथा गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य भाष्करमान सिंहले जानकारी दिएका छन् । 

३२ लाख लागत बजेट रहेको प्रतियोगितामा पुरुष तथा महिला एकलका विजेताले समान ८० हजार रुपैयाँ पाउनेछन् । यसैगरी, उपविजेताले ४० हजार र तेस्रो स्थानमा रहने खेलाडीले २० हजार रुपैयाँ हात पार्नेछन् । पुरुष तथा महिला युगल र पुरुष ३५ वर्षमाथिका विजेताले ४० हजार रुपैयाँ जित्नेछन् । दोस्रो हुनेले २० हजार र तेस्रो स्थानमा रहने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा हुने प्रतियोगितामा ५५ वर्षमाथि एकल तथा युगल र ६५ वर्षमाथिको एकल रहेको छ । जुनियरतर्फ यू–८ र यू–९ छात्र तथा छात्रा एकल खेल हुनेछ ।