Skip This
नारायणीमा नुहाउन गएका ज्येष्ठ नागरिकको डुबेर मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ११ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ कार्तिक ११ शुक्रबार १o:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणीमा नुहाउन गएका ज्येष्ठ नागरिकको डुबेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ११ शुक्रबार १o:२६:oo

पूर्वी नवलपरासीमा नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर एकजना ज्येष्ठ नागरिकको निधन भएको छ। 

नवलपुरको गैँडाकोट नगरपालिका– १ आदर्शटोलस्थित नारायणी नदीको किनारमा नुहाउने क्रममा गैँडाकोट– १ गंगानगर टोल बस्ने ९३ वर्षीय टंकनाथ कँडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरले जनाएको छ। 

भाइटीकाको दिन दिउँसो नदीमा नुहाउने क्रममा निधन भएका कँडेलको शव साँझ प्रहरी नदीबाट निकालेर  पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको थियो। पोस्टमार्टमपछि उनको शव आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।