Skip This
सिन्धुपाल्चोकमा एमाले र माओवादीले टुंग्याए उम्मेदवार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format ११:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकमा एमाले र माओवादीले टुंग्याए उम्मेदवार

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format ११:२२:oo

प्रमुख प्रतिपक्षी दल एमालेले सिन्धुपाल्चोकमा उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा अध्यक्ष केपी ओलीनिकट केन्द्रीय सदस्य सुरेश नेपाल र २ मा पार्टी प्रवक्तासमेत रहेका पूर्वमन्त्री शेरबहादुर तामाङले टिकट पाएका छन्। प्रदेश सभातर्फ १ काे (क)मा पार्टी जिल्ला अध्यक्ष कमल नेपाल र (ख) मा ओलीनिकट केन्द्रीय सदस्य होमनारायण श्रेष्ठले टिकट प्राप्त गरेका छन्।

प्रदेश सभातर्फ नै  २ को (क) मा अमानसिंह तामाङ र (ख)मा हस्त पण्डित चयन भएका छन्। चौतारा साँगाचोकगढी नगरका पूर्वमेयर तामाङ प्रदेशको टिकट निश्चित गरेर महिना दिनअघि माओवादी छाडेर एमाले प्रवेश गरेका हुन् भने पण्डित एमालेका पूर्वजिल्ला अध्यक्ष हुन्। एमालेका सबै उम्मेदवार अध्यक्ष ओलीनिकट मानिन्छन्। एमाले स्रोतका अनुसार विगतमा माधवकुमार नेपाल समूहमा रहेका एमाले नेताहरू टिकट वितरणमा सन्तुष्ट छैनन्। जिल्ला अध्यक्ष नेपालले आफ्नो उम्मेदवारीबारे पुनर्विचार गर्न पार्टी केन्द्रलाई पत्र पठाएका छन्। उनी चुनाव नलड्ने पक्षमा छन्।

यता सत्तागठबन्धनमा उम्मेदवार छनोटको लफडा कायमै छ। शीर्ष नेताको बैठकबाट टुंगिएको क्षेत्र बाँडफाँडप्रति असन्तुष्ट मोहन बस्नेत पक्षका कारण नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन। शीर्ष बैठकले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ माओवादी केन्द्र र २ नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। संघ र प्रदेश गरी जिल्लाकाे ६ सिटमा माओवादी र कांग्रेसले बराबरी लिने केन्द्रको सहमति छ। सहमतिअनुसार प्रतिनिधिसभाकाे क्षेत्र १, प्रदेश  सभा १ को (ख) र २ को (क) माओवादी तथा प्रतिनिधिसभाकाे २, प्रदेश सभा २ को (ख) र १ को (क) कांग्रेसको भागमा परेको छ।

माओवादीले औपचारिक निर्णय नगरे पनि प्रतिनिधिसभा १ मा पोलिटब्युरो सदस्य माधव सापकोटा सुबाेध, प्रदेश (ख) मा बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री पौडेल र २ को (क) मा पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल शरदलले मनोनयन दर्ता गर्ने तयारी गरेका छन्।

गठबन्धनमा सामेल एकीकृत समाजवादी भने भाग नपाएपछि जिल्लामा असन्तुष्ट बनेको छ।

एमालेसँग तालमेल गरेको राप्रपाले प्रतिनिधिसभा क्षाेत्र १ मा उत्तमराज भण्डारी, प्रदेश (क)मा लीलाबहादुर खत्री र (ख) मा जितबहादुर भारतीलाई उम्मेदवार बनाउने भएको छ। प्रतिनिधिसभा क्षेत्र २ तर्फ राप्रपाले निर्णय लिन सकेको छैन।