Skip This
महारानी एलिजाबेथको अन्त्येष्टि : पुटिनले पाएनन् निमन्त्रणा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:o१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

महारानी एलिजाबेथको अन्त्येष्टि : पुटिनले पाएनन् निमन्त्रणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o१:oo

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सोमबार हुने भएको छ। अन्त्येष्टिमा शाही परिवारका सदस्य, युराेपका राजपरिवारका सदस्य  तथा विश्वभरका राष्ट्रप्रमुख, सरकारप्रमुख र नेताहरू सहभागी हुने भएका छन्। 

अन्त्येष्टिमा सहभागी हुन विभिन्न देशका पाँच सयभन्दा धेरै अतिथिलाई निमन्त्रणा पठाइसकिएको छ। अमेरिका, क्यानडा, भारतलगायतका देशबाट अतिथि बेलायत पुगिसकेका छन्। अन्त्येष्टि सोमबार बेस्टमिनिस्टर ऐबेमा हुने बिबिसीले जनाएको छ। यो समारोहमा करिब दुई हजार २ सयजनाको उपस्थिति हुने जनाइएको छ।

बिबिसीका अनुसार अन्त्येष्टिमा शाही परिवारका सबै सदस्य सहभागी हुनेछन्। यस्तै महारानीका लागि काम गर्ने, उनको स्याहार–सुसार गर्ने राजदरबारका कर्मचारी सहभागी हुनेछन्।

महारानीको अन्त्येष्टिमा युरोपका राजपरिवारको समेत सहभागिता रहने बताइएको छ। युरोपका राजपरिवारसँग महारानी एलिजाबेथ द्वितीयको पारिवारिक सम्बन्ध छ। 

सन् १९६० मा महारानीसँगै काम गर्न सुरु गरेकी महिला सुजन हसी पनि सहभागी हुनेछन्। उनी प्रिन्स विलियमकी गडमदर (धाईआमा) पनि हुन्। उनी सन् २०२१ मा प्रिन्स फिलिपको अन्त्येष्टिमा समेत सहभागी भएकी थिइन्। 

यस्तै, विगत ३० वर्षदेखि महारानीको निजी सहायक तथा वरिष्ठ ड्रेसरको रूपमा काम गर्ने एञ्जेला केलीसमेत यसमा सहभागी हुने भएकी छिन्। केली महारानीकी विश्वासपात्र थिइन्। 

याे कार्यक्रममा सहभागी हुन रुस, म्यानमार, अफगानिस्तान, सिरिया, भेनेजुयला, बेलारुसलगायतका देशलाई निमन्त्रणा दिइएको छैन।