
सिजी नेटले स्काइकमसँगको सहकार्यमा आइपिटिभी सेवा सिजी नेट जोडी योजना सुरु गरेको छ । कम्पनीले आइतबारदेखि सिजी नेट मेगा जोडी र सिजी नेट ग्रान्ड जोडी अफरको शुभारम्भ गरेको हो । आइपिटिभीअन्तर्गत दुई सय ५७ च्यानल न्यून शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजी नेट जोडी सेवा सुरु गरेको हो ।
सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रूपमा उपलब्ध हुनेछन् । स्प्रिन्टर जोडी (८० एमबिपिएस प्लस आइपिटिभी)को प्रतिमहिना आठ सय १०, पपुलार जोडी (१५५ एमबिपिएस प्लस आइपिटिभी)को एक हजार ५५ र रकस्टार जोडी (३०५ एमबिपिएस प्लस आइपिटिभी)को प्रतिमहिना एक हजार तीन सय ७४ शुल्क लाग्ने कम्पनीले जनाएको छ । कम्पनीले त्रैमासिक योजनाअनुरूप स्प्रिन्टर जोडी ८० एमबिपिएसका साथमा आइपी टिभीको दुई हजार ६ सय ४०, पपुलार जोडी एमबिपिएसको साथमा आइपी टिभीको तीन हजार सात सय ५० र रक स्टार जोडी ३०५ एमबिपिएसका साथमा आइपी टिभीको नौ हजार सात सय २० रुपैयाँ लाग्ने जनाएको छ ।
वार्षिक योजनाअनुरूप स्प्रिन्टर जोडी ८० एमबिपिएसका साथमा आइपी टिभीको नौ हजार सात सय २०, पपुलार जोडी एमबिपिएसका साथमा आइपी टिभीको १२ हजार ६ सय ६० र रक स्टार जोडी ३०५ एमबिपिएसका साथमा आइपी टिभीको १६ हजार चार सय ८८ रुपैयाँ लाग्ने जनाएको छ । उल्लिखित दररेटमा १३ प्रतिशत भ्याट थप लाग्ने विज्ञप्तिमा उल्लेख छ । सेटअप बक्सका लागि ग्राहकले एकपटक दुई हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
सिजी डिजिटलले सिजी नेटसँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्रान्ड जोडी अफरअन्तर्गत ग्राहकले दुई फरक स्किम प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमबिपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी ३५ हजार नौ सय ९९ मा र ८० एमबिपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी २५ हजार चार सय ९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।