१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १३ सोमबार १२:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 ‘प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुन्डागर्दी गर्न सिकाएको हो ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १३ सोमबार १२:०६:००

एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुन्डागर्दी गर्न सिकाएको हो भनी प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ज्ञवालीले प्रधानमन्त्री र गृहमन्त्री स्वयं विद्यार्थी राजनीतिबाट मुलुकको शीर्ष स्थानमा पुगेको उल्लेख गर्दै उनले त्रिभुवन विश्वविद्यालयमा भएको विकृतिलाई रोक्नुपर्ने बताए ।

उनले  त्रिभुवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गरेका थिए । बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरूमाथि कारबाही नगरिएको भन्दै आपत्ति जनाएका थिए।

विश्वविद्यालयमा यसरी प्राध्यापकहरूमाथि आक्रमण हुनुले तथा अराजकता मौलाउनुले शिक्षाको गुणस्तर कायम नहुने उनले बताए । उनले त्रिभुवन विश्वविद्यालयमा घटिरहेका घटनाको सम्बन्धमा एमाले टुलुटुले हेरेर नबस्ने बताए । 

गत ७ माघयता त्रिविमा पाँच महिनाभन्दा बढी तालाबन्दी भएको छ । २७ असारयता मात्रै त्रिविका विभिन्न पाँचवटा कार्यालयमा तालाबन्दी भएको छ । नेविसंघमा आबद्ध केही विद्यार्थी ८ भदौमा उपकुलपति कार्यालयको ढोका तोडेर भित्र पसेको र कुर्सीमा जुत्ताको मालासमेत लगाएको आरोप छ । त्यस्तै, १० भदौमा एल्लो प्यागोडा होटेलमा कार्यकारी परिषद्को बैठक बस्न लाग्दा नेविसंघका नेता–कार्यकर्ताको टोलीले माइन्युटलगायतका महत्वपूर्ण कागजात लगेको थियो ।