मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २३ सोमबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २३ सोमबार १o:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा बैठकमा चार  एजेन्डा थप्न माग

पुरस्कार राशि, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन, फिफा दिवसमा राष्ट्रिय महिला टिमबीच खेल थप्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २३ सोमबार १o:१o:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)को २६ साउनमा बस्ने बैठकमा चारवटा एजेन्डा थप गर्न केन्द्रीय सदस्य पेमा डोल्मा लामाले माग राखेकी छिन् । एन्फा महिला समितिकी अध्यक्षसमेत रहेकी लामाले अध्यक्ष पंकजविक्रम नेम्वाङलाई कार्यसमिति बैठकमा एजेन्डा थपका लागि निवेदन बुझाएकी छिन् । एन्फामा बुझाएको निवेदनमा पुरस्कार राशि, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा दिवसमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका विषयमा एजेन्डा थप्न माग उल्लेख भएका छन् ।

यसअघि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १३ जनाले अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाँडेलाई बर्खास्तको माग राखी संयुक्त रूपमा एन्फामा निवेदन दर्ता गराएका थिए । एन्फा उपाध्यक्षद्वय विराटजंग शाही, दीपक खतिवडा, सदस्यहरू महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, सरिला श्रेष्ठ, रवीन्द्रचन्द ठकुरी र रमेश व्यञ्जनकारले विदेश विभाग प्रमुख पाण्डेको बर्खास्तीको माग राखेका थिए । ६ असारमा निर्वाचित भएको कार्यसमितिको दोस्रोपटक वैठक स्थगित भइसकेको छ । ८ असारमा पहिलो बैठक बसेको थियो । सोही बैठकले पाण्डेलाई विदेश विभाग प्रमुख बनाइएको थियो । 

२ साउनमा बोलाइएको बैठक अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको थियो । दोस्रोपटक डाकेको बैठकमा एन्फाका पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरव थापालाई सिइओ वा सहमहासचिव दिनुपर्ने माग थियो ।५ साउनमा बैठक एजेन्डामै प्रवेश नगरी अध्यक्ष नेम्वाङले स्थगित गरेका थिए । बैठक स्थगित हुनुअघि वरिष्ठ उपाध्यक्ष खड्कासहित पदाधिकारी र सदस्यहरूले एजेन्डामा छलफल गर्नुपर्ने माग राखेका थिए । पछिल्लो समयमा एन्फा अध्यक्ष नेम्वाङलाई पाण्डेलाई विदेश विभाग प्रमुख नियुक्त गर्नु नै समस्या बनिरहेको छ । एन्फाको विधानअनुसार केन्द्रीय समितिले तीन सहायक महासचिव, प्रमुख कार्यकारी अधिकृत (सिइओ) र प्रवक्ता नियुक्त गर्न पाउने प्रावधान छ ।