१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३२ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार ३२ शनिबार १८:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपेन्द्र यादवको खुलासा : ओली सरकार ढल्नुमा भूराजनीतिक प्रभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार ३२ शनिबार १८:o१:oo

सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको संकेत गरेका छन्। पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन्। 

नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको राजनीतिमा कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पारे। अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जाेडिएर आउने गरेको पनि उल्लेख गरे। 

‘हाम्रो मुलुक ल्यान्डलक मुलुक हो । अल्पविकसित मुलुक हो । र, राजनीतिक रूपमा अहिले पनि अस्थिर नै छ । यति अस्थिर छ, हाम्रो पूर्वप्रधानमन्त्रीजी हुनुहुन्छ । उहाँ सँगसँगै म उहाँकै क्याबिनेटको उपप्रधानमन्त्री थिए । म पूर्व भएँ । केही दिनपछि उहाँ पनि पूर्व हुनुभएछ । यो पनि भूराजनीतिकै प्रभाव हो,’ अध्यक्ष यादवले भने, ‘कतैन कतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरुदेखि नै प्रभावित भएर आएको छ । राजनीतिक अस्थिरता नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरू धेरै छन् । तर, बाह्य कारणहरू पनि जोडिएका छन् ।’