मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
एजेन्सी लन्डन
Invalid date format o८:o७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

केल्भिन सिटीमा आबद्ध

Read Time : > 1 मिनेट
एजेन्सी लन्डन
नयाँ पत्रिका लन्डन
Invalid date format o८:o७:oo

युरोपियन फुटबल बजारको खेलाडी ट्रान्सफर विन्डोमा क्लबहरूले धमाधम स्टार खेलाडी भिœयाउने र महँगो मूल्यमा बिक्री गरिरहेका छन् । कतिपय क्लबका स्टार खेलाडी पनि अन्य क्लबमा जान इच्छुक देखिएका छन् । सोमबार इंग्ल्यान्डका मिडफिल्डर केल्भिन फिलिप्स इंग्लिस प्रिमियरसिप लिग विजेता म्यानचेस्टर सिटीमा ६ वर्षका लागि आबद्ध भएका छन् । लिड्स युनाइटेडमा आठ वर्ष बिताएका केल्भिन सिटीसँग चार करोड ५० लाख पाउन्डमा आबद्ध भएको बिबिसीले जनाएको छ । 

 केल्भिन सिटीमा अनुबन्ध तेस्रो खेलाडी
केल्भिन सन् २०२८ सम्म सिटीमा रहनेछन् । यस सिजनमा सिटीले तेस्रो खेलाडी अनुबन्ध गरेको हो । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले एर्लिङ हल्यान्ड र स्टेफेन ओर्टेगा मोरेनालाई अनुबन्ध गरिसकेका छन् । फिलिप्सले लिड्समा दुई सय ३५ खेलमा १४ गोल गरेका छन् । सिटीले केल्भिनलाई चार नम्बरको जर्सी प्रदान गरेको छ । प्रिमियर लिग च्याम्पियन टोलीमा आबद्ध हुन पाउँदा खुसी लागेको केल्भिनले बताएका छन् । ‘सिटीमा जोडिन पाउँदा निकै खुसी छु,’ केल्भिनले भने, ‘इंग्लिस लिगमा सिटी उत्कृष्ट टोली हो ।’

 केल्भिनले सिटीका प्रशिक्षक पेपको समेत प्रशंसा गरेका छन् । ‘इंग्ल्यान्डमा सिटी जति उत्कृष्ट क्लब हो, प्रशिक्षक पनि विश्वकै उत्कृष्ट म्यानेजरमा पर्छन्,’ उनले भने, ‘म पेपको प्रशिक्षणमा आफूलाई थप राम्रो खेलाडी बनाउने कोसिस गर्नेछु ।’ सन् २०२० मा केल्भिन इंग्ल्यान्डको राष्ट्रिय टोलीमा परेका थिए । अहिलेसम्म उनले इंग्ल्यान्डबाट २३ खेल खेलिसकेका छन् ।

 युनाइटेड छोड्ने रोनाल्डोको चाहना
म्यानचेस्टर युनाइटेडमा ११ वर्षपछि आबद्ध भएका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने संकेत गरेका छन् । रोनाल्डोले नयाँ क्लबले राम्रो प्रस्ताव गर्दा युनाइटेड छाड्ने संकेत गरेका हुन् । गत वर्ष रोनाल्डो सिरिए क्लब युभेन्टसबाट युनाइटेडमा आबद्ध भएका थिए । युनाइटेड र रोनाल्डोबीचको सम्झौता एक वर्ष बाँकी छ । 

पहिलो सिजनमै युनाइटेडका लागि रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी युनाइटेडका गत वर्ष सर्वाधिक गोलकर्तासमेत बनेका थिए । गत सिजन सम्पन्न इंग्लिस प्रिमियर लिगमा उनी तेस्रो सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले गत सिजनमा युनाइटेडबाट सबैखाले प्रतियोगितामा गरी २४ गोल गरेका थिए । युनाइटेड युरोपा लिगमा छनोट भएपछि रोनाल्डोले आफ्नो ध्यान केवल च्याम्पियन्स लिगमा रहेको जनाएका छन् । प्रिमियर लिगमा रोनाल्डोले व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरे पनि क्लबलाई युरोपियन च्याम्पियन्स लिगमा छनोट गराउन सकेनन् । लिगमा युनाइटेड छैटौँ स्थानमा रह्यो । युनाइटेडको भित्री चाहना च्याम्पियन्स लिग खेल्नु हो । उनी च्याम्पियन्स लिगकै सर्वाधिक गोलकर्ता हुन् । 

उनले च्याम्पियन्स लिगमा कीर्तिमानी रूपमा एक सय ४० गोल गरेका छन् । युनाइटेड रोनाल्डोलाई बिक्री गर्ने पक्षमा छैन । युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई आफ्नो कार्यकालभरि खेलाउने योजना रहेको बताएका छन् । प्रशिक्षक ह्यागले रोनाल्डोसँग जोडिन उत्सुक रहेको बताए । रोनाल्डो प्रिमियर लिगमा सबैभन्दा धेरै कमाउने खेलाडी हुन् । 

 क्रिस्टियन युनाइटेडनजिक
युनाइटेडबाट रोनाल्डो बाहिरिने चर्चा चलिरहँदा डेनमार्क मिडफिल्डर क्रिस्टियन एरिक्सनको आगमन त्यत्तिकै नजिक पुगेको छ । ३० वर्षीय एरिक्सनको बेन्टफर्ड एफसीसँगको सम्झौता गत महिना सकिएको थियो । युनाइटेडले क्रिस्टियनलाई तीन वर्षका लागि सम्झौता गर्न प्रस्ताव पठाएको छ ।

टोटनह्यामका पूर्वखेलाडी क्रिस्टियनले आफू युनाइटेडमा जान चाहेको बताएका छन् । क्रिस्टियनले सन् २०१३ देखि २०२०सम्म टोटेनह्यामबाट खेलेका थिए । टोटनह्यामसँगको सम्झौता बाँकी रहँदै उनी इन्टर मिलानसँग आबद्ध भए । सन् २०२० मा मिलानसँग चार वर्षको सम्झौता गरेको भए पनि उनलाई क्लबले सन् २०२१ को ट्रान्सफर लिस्टमा राखेको थियो । सन् २०२० को युरोकप फुटबलमा उनी मैदानमा हृदयाघातका कारण ढलेका थिए ।