Skip This
न्यायाधीश–वकिल घुस 'डिल' प्रकरण : जाँचबुझ समिति गठनको सूचना राजपत्रमा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायाधीश–वकिल घुस 'डिल' प्रकरण : जाँचबुझ समिति गठनको सूचना राजपत्रमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३१:oo

न्यायाधीश–वकिल घुस डिल प्रकरणमा जाँचबुझ समिति गठनको सूचना राजपत्रमा प्रकाशित भएको छ। न्यायपरिषद्ले समिति गठन बारेको सूचना आज राजपत्रमा प्रकाशित गरेको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच विचाराधीन ठगी मुद्दामा इच्छाराज तामाङलाई छुटाउने विषयमा ‘डिल’ भएको अडियो सार्वजनिक भएको थियो।  

यससँगै न्यायाधीश कोइरालामाथि छानबिनका लागि कामु प्रधानन्यायधीश दीपककुमार कार्कीको अध्यक्षतामा गत बुधबार (८ असार) बसेको न्याय परिषद् बैठकले तीनसदस्यीय छानबिन समिति गठन गरेको थियो। 

समितिमा न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल विज्ञसदस्य रहेका छन्। जाँचबुझ समितिलाई ४५ दिनको समयावधि दिइएकाे छ। समितिले यस अवधिमा छानबिन नसकेमा थप समयावधि उपलब्ध गराइने सूचनामा उल्लेख छ।