प्रहरीको सक्रियतामा अवैध घरेलु मदिरा नष्ट 

२०७५ चैत २ शनिबार ११:०४:०० | बाजुरा 

जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका विभिन्न बजारक्षेत्रहरूमा उत्पादन हुने गरेकाे घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बडिमालिका नगरपालिका–८ र ९ का होटलहरुबाट मदिरा बरामद गरि नष्ट गरिएको हो । 

बजार क्षेत्रबाट  ४५ लिटर अवैध घरेलु मदिरा बरामद गरीएको प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले बताए । त्यस्तै दुई सय २० लिटर मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरीएको उनले बताए ।  

मदिरा उत्पादन गर्ने कच्चा पदार्थ र भाडाकुडासमेत बरामद गरी स्थानीय जनप्रतिनिधी, उद्योग वाणिज्य संघका प्रतिनिधीको रोहवरमा प्रहरी कार्यालय परिसरमा खाल्डो खनी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिकृया दिनुहोस