
लमजुङको मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले सोमबार पदभार सम्हालेका छन् । दोस्रोपटक मेयर बनेका पाण्डेले पदस्थापनाका क्रममा दुई निर्णय गरेका छन् ।
पाण्डेले नगरपालिकाले आर्थिक वर्ष ०७९–८० बाट लागू हुने गरी नगरभित्रका क्यान्सर तथा मिर्गाैला रोगबाट पीडित बिरामीलाई मासिक ३ हजार पोषण भत्ताको व्यवस्था गर्ने निर्णय गरेका छ्न् । यसका साथै नगरपालिकाले नगरभित्रका अल्पसंख्यक दलित तथा आर्थिक रूपमा विपन्न छात्रछात्राहरूलाई उच्च शिक्षा अध्ययन गर्नका लागि लाग्ने नियमित शुल्क व्यहोर्ने निर्णयसमेत गरिएको छ ।
विपन्न वर्गका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न बाहिरी जिल्लामा जान खर्चिलो तथा असुविधाजनक भएकाले त्यस्ता विद्यार्थीलाई नगरपालिकाभित्र रहेका सामुदायिक क्याम्पसहरूमा अध्ययनका लागि प्रोत्साहन गर्न नियमित शुल्क नगरपालिकाले व्यहोर्ने पाण्डेले बताए ।