मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ४ बुधबार १४:५३:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखमा कांग्रेसका पाण्डे विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार १४:५३:००

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मध्यनेपालको मेयरमा एमाले उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट कांग्रेसका रमेशकुमार पाण्डे विजयी भएका हुन्।

मेयरमा निर्वाचित कांग्रेसका पाण्डेले  ६  हजार पाँच सय ५२ मत प्राप्त गर्दा उनका निकटतम्र प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार दुई सय १४ मत प्राप्त गरेका छन्।

नगरपालिकाको उपमेयरमा एमालेकी सीता गुरुङ विजयी भएकी छिन्। उनले ६ हजार चार सय ७६ मत प्राप्त गर्दा गठबन्धनबाट माओवादी केन्द्रका उपेन्द्र अधिकारीले पाँच हजार ६५  मत प्राप्त गरे।

मध्यनेपालमा ०७४ को स्थानीय तहमा कांग्रेसबाट प्रमुख र एमालेबाट उपप्रमुख विजयी भएका थिए। ०७४ मा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो। यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका पाण्डे पुनः पाँच वर्षका लागि नगरप्रमुखमा निर्वाचित भएका छन्।