१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format ११:४४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मलंगवा नगरपालिकामा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format ११:४४:oo

सर्लाहीको मलंगवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार कांग्रेसबाट मेयर पदका उम्मेदवार नागेन्द्रप्रसाद यादव चार हजार चार सय ३९ मतान्तरले विजयी भएका हुन् । यादवले नौ हजार ७८ मत प्राप्त गरेका छन् । उनलाई दोस्रो स्थानमा रहेर पच्छ्याएका जनता समाजवादी पार्टीमा उम्मेदवार एवं निवर्तमान मेयरसमेत रहेका निरसल साह  चार हजार ६ सय ३९ मत मात्र प्राप्त गरेर पराजित भए । 

निवर्तमान मेयरसमेत रहेका निरसल साहले यसअघि  ०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदमा निर्वाचन जितेका थिए । यसपटक पार्टीले टिकट नदिएपछि उम्मेदवारी दर्ताको अघिल्लो दिन मात्र जनता समाजवादी पार्टीमा प्रवेश गरी उम्मेदवारी दर्ता गराएका थिए । तर, पर्याप्त मत नआएपछि अन्ततः उनी पराजित हुन पुगेका छन् ।

यस्तै, उपमेयरमा कांग्रेसबाट उम्मेदवारी दिएकी शकुन्तलादेवी साह निर्वाचित भएकी छिन् । उनले चार मतको झिनो अन्तरले जित हासिल गरेकी हुन् । मतपरिणामअनुसार शकुन्तला देवीले कुल पाँच हजार एक सय ४३ मत प्राप्त गरिन्  भने उनकी निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी उम्मेदवार पानो देवी पाँच हजार एक सय ३९ मत प्राप्त गर्दै पराजित भइन् । 

योसँगै जिल्लाको १० पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । त्यसमध्ये आठ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ भने माओवादी केन्द्रले दुई स्थानमा विजय हासिल गरेको छ । १० पालिकाको नतिजा अझै सार्वजनिक हुन बाँकी छ । सर्लाहीमा भने कांग्रेस र माओवादीबाहेक अन्य पार्टीले अहिलेसम्म खाता खोल्न सकेका छैनन् ।