![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/tatopani2022-05-18-08-05-10.jpeg)
जुम्लाको तातोपानी गाउँपालिकामा कांग्रेसका नन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् । उनी दुई हजार तीन सय २० मत प्राप्त गरी पालिका प्रमुखमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादीका वीरबहादुर कुँवर एक हजार आठ सय ६ मत प्राप्त गरेका हुन् ।
पालिकाको उपप्रमुखमा माओवादीकै रेवती रावल निर्वाचित भएकी छिन् । उनले एक हजार सात सय ५८ मत प्राप्त गरेकी हुन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी बिन्दु अधिकारीले एक हजार तीन सय १२ मत प्राप्त गरेकी छिन् ।
०७४ को स्थानीय तहको निर्वाचितमा माओवादीका नवराज न्यौपाने प्रमुख र माओवादीकै गंगादेवी उपाध्याय उपप्रमुखमा निर्वाचित भएका थिए ।