१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १६:४६:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

विष्णुपुर गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४६:oo

सिराहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सत्यनारायण यादव निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार ४१ मतान्तरले यादव अध्यक्षमा निर्वाचित भएका हुन्। 

उनले दुई हजार एक सय ५८ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जागेश्वर यादवले दुई हजार एक सय १७ मत पाएका छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित सत्य नारायण ०७४ को निर्वाचनमा जसपाका जागेश्वरसँग पराजित भएका थिए।

नेपाली कांग्रेसका कुशेश्वर यादवले एक हजार ६ सय ६०, नेकपा माओवादी केन्द्रका हजारी साहले एक हजार आठ सय १२, जनमत पार्टीका सत्यनारायण यादवले पाँच सय ८२ र नेकपा एकीकृत समाजवादीका शत्रुधन यादवले एक सय सात मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा जसपाकी जिताकुमारी सिंह निर्वाचित भएकी छिन्। सिंहले दुई हजार दुई सय ७२ मत प्राप्त गर्दा कांग्रेसकी चन्द्रकला कुमारी यादवले एक हजार नाै सय ६९, एमालेकी शान्तिदेवी यादवले एक हजार सात सय ६४, माओवादीकी रिंकुकुमारी यादवले एक हजार तीन सय १६, जनमत पार्टीकी गंगाकुमारी यादवले आठ सय ७३ र एकीकृत समाजवादीकी ममताकुमारी सिंहले एक सय १८ मत पाएका छन्।

गाउँपालिकाको वडा नम्बर १ मा भोगेन्द्र यादव (जसपा), वडा नम्बर २ मा प्रमोदकुमार यादव (कांग्रेस), वडा नम्बर ३ मा जयकुमार यादव (जसपा), वडा नम्बर ४ मा रामबाबु यादव (कांग्रेस) र वडा नम्बर ५ मा जयनाथ यादव निर्वाचित भएका छन्।