१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नवीन के‍सी अर्घाखाँची
२o८१ बैशाख २९ शनिबार २o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

अर्घाखाँचीको मालारानी ३ मा एमाले विजयी

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार २o:१४:oo

पाँचदलीय गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा एमाले विजयी भएको छ । एमालेका डण्डपाणि पोखरेलको प्यानल नै विजयी भएको हो ।

पोखरेलले १४०८ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दुर्गाप्रसाद खनालले ९७२ मत प्राप्त गरेका छन् । खनाल ४३६ मतले पराजित भए। 

मालारानीका ९ वडामध्ये पाँचवटा वडाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये वडा नं १, ३ र ८ मा एमाले विजयी भएको छ भने वडा नं २ र ९ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्र विजयी भएको छ। बाँकी वडामा मतगणना कार्य जारी छ । 

 

 

ad
ad