
सिराहाको विष्णुपुर गाउँपालिका– २ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव ६ मतान्तरले निर्वाचित भएका छन्। निर्वाचित यादवले दुई सय ७७ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राम ईश्वर यादवले दुई सय ७१ मत प्राप्त गरेका छन्।
राम ईश्वर ०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्षमै नेकपा माओवादी केन्द्रका उम्मेदवारले दुई सय ६७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले दुई सय १६ मत प्राप्त गरेका छन्।