
युवा तथा खेलकुद मन्त्रालयले कृषि तथा पशुपालनतर्फ कुशलचन्द्र अधिकारीलाई राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित गरेको छ। एक कार्यक्रमका बीच युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सम्मान प्रदान गरेका हुन्।
समाजशास्त्रमा स्नातकोत्तर गरेका अधिकारी घलेछाप तनहुँमा मिर्लुङ बहुउद्देश्यीय कृषि फर्म सञ्चालन गरिरहेका छन्। उनी कृषि तथा पशुपालनको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएबापत पुरस्कारका लागि छनौट भएका थिए। युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले आर्थिक वर्ष २०७८/७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो।