Read Time : < 1 मिनेट
२o८१ बैशाख ३० आइतबार १५:५७:oo
सेयर बजार मापक नेप्से परिसूचकमा सामान्य अंकले गिरावट आएको छ। सोमबार करिब एक सय अंकले घटेको बजार मंगलबार ५.५९ अंक घटेर दुई हजार ८१५.०६ बिन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इन्डेक्स १.०९ अंकले घटेको छ।
मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आज कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। सोमबार करिब नाै अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घट्दा जीवन बिमा उपसमूहको परिसूचक भने ०.४४ प्रतिशतले बढेको छ। आज पनि विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर भने सर्किट मूल्यमा कारोबार भएको छ।