१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Saturday, 10 May, 2025
२o७८ माघ ४ मंगलबार १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा आजदेखि विद्युतीय राहदानी वितरण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार १२:४४:oo

गोरखामा मंगलबारदेखि विद्युती राहदानी (ई–पासपोर्ट) वितरण सुरु हुने भएको छ। आजदेखि ई–पासपोर्ट विररण गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत गणेश भट्टराईले जानकारी दिए।

उनका अनुसार विद्युतीय राहदानी वितरण गर्न आवश्यक उपकरण जडानको काम सकिएको छ। ‘गृह मन्त्रालयबाट आएका प्राविधिक टोलीले आवश्यक उपकरण जडान गरिसकेका छन्। यो नयाँ प्रणाली भएकाले सुरुसुरुमा थोरै संख्यामा वितरण गर्छौँ । दैनिक १० देखि १५ वटासम्म ई–पासपोर्ट वितरण गर्ने तयारी छ। बिस्तारै दैनिक वितरण गर्ने संख्या पनि बढाउँदै लान्छौैँ,’ भट्टराईले भने। 

अब बायोमेट्रिक जाँच, फोटो खिच्ने, फारम भर्नेलगायतका सबै काम अनलाइन सिस्टममा हुने उनले बताए । उनका अनुसार ई–पासपोट लिन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउनुपर्नेछ।

यो व्यवस्था लागू भएसँगै विद्युतीय पासपोर्ट वितरण हुनेछ। अब गोरखाबाट नै ई–पासपोट वितरण हुने भएपछि काठमाडौं जानुपर्ने बाध्यता हटेको कार्यालयले जनाएको छ। ई–पासपोर्ट यसअघिको एमआरपीभन्दा बढी प्रभावकारी हुने बताइएको छ।