मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष १७ शनिबार
  • Tuesday, 15 July, 2025
सोनी राई सोलुखुम्बु
२o७८ पौष १७ शनिबार ११:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुखुम्बुका ११ द्वन्द्वपीडितलाई परिचयपत्र वितरण

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ पौष १७ शनिबार ११:३४:oo

सोलुखुम्बुका ११ द्वन्द्वपीडितलाई परिचयपत्र प्रदान गरिएको छ। जिल्लाबाट सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकाका परिवारलाई पीडित परिचयपत्र वितरण गरिएको हो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सदरमुकाम सल्लेरीमा बिहीबार र शुक्रबार जिल्लाका विभिन्न स्थानबाट बेपत्ता भएका व्यक्तिको परिवारको सदस्यलाई परिचयपत्र वितरण गरेको हो।

सोलुखुम्बुबाट बेपत्ता पारिएका २६ व्यक्तिबारे उजुरी आयोगमा परेको थियो। उजुरीमाथि आवश्यक छानबिन गरी परिचयपत्र वितरण सुरु गरिएको आयोेगका अध्यक्ष युवराज सुवेदीले जानकारी दिए। आवश्यक अनुसन्धानपश्चात् पीडित निर्क्याेल गरी परिचयपत्र वितरण गरिएको उनले बताए। पौष मसान्तसम्म बेपत्ता पारिएका व्यक्तिको परिवारले आयोगमा उजुरी दिन सक्नेछन्।
स्थानीय तहमार्फत अथवा आयोगमा उपस्थित भएर उजुरी दिन सकिने सुवेदीले बताए। सरकारले द्वन्द्वको समयमा बेपत्ता भएका व्यक्तिको परिवारलाई निशुल्क शिक्षा तथा स्वास्थ्यउपचार, सीपमूलक तालिम, विनाब्याज वा सहुलियतपूर्ण ब्याजमा ऋण सुविधा, बसोवासको व्यवस्था, रोजगारीको व्यवस्था र आवश्यकताअनुसार सुविधा दिने तयारी गरेको छ। यसका लागि परिचयपत्र अनिवार्य छ।

नेपालभर तीन हजार २६८ व्यक्ति द्वन्द्वको समयमा बेपत्ता भएका–पारिएका छानबिन आयोगको तथ्यांकमा उल्लेख छ। हालसम्म ६५० भन्दा बढी बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यलाई आयोगले परिचयपत्र वितरण गरिसकेको छ।