१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १२:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बेलायतमा एकै दिन एक लाख २२ हजारभन्दा बढी कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:४८:oo

बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी संक्रमित भेटिएका छन्। यसअघि यहाँ शुक्रबार मात्र एकै दिनमा एक लाख २० हजार संक्रमित भेटिएका थिए। यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो।

त्यसपछि शनिबार मात्र यहाँ एक लाख २२ हजार एक सय ८६ जनामा संक्रमण भएको हो। यो नै यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै सबैभन्दा धेरै संक्रमित पाइएको बताइएको छ। बेलायतमा पछिल्ला केही हप्ताहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ। यहाँका अधिकारीहरूले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन्।

त्यसैगरी यहाँ हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ। पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ। यहाँ अहिलेसम्म एक करोड १८ लाख ९१ हजारभन्दा बढी सङ्क्रमित पुगेका छन्। त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ।

यसैगरी पछिल्लो २४ घन्टामा यहाँ १३७ जना कोरोना भाइरसका सक्रमितहरूको ज्यान गएको बताइएको छ। बेलायतका स्वास्थ्य अधिकारीहरूले पछिल्ला हप्ताहरूमा संक्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रूपमा कमी आएको देखिएको बताएका छन्। रासस/सिन्ह्वा

ad
ad