१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

साफको उपविजेता टोली नगद पाँच लाखसहित सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:१४:oo

सरकारले साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही ५ लाख नगदसहित सम्मान गरेका हुन्।

यसअघि १३औँ संस्करणको साफ उपविजेता बन्दै स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषद्को निर्णयबाट जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। सोहीअनुसार सरकारले २३ खेलाडीलाई ५ लाख, तीन प्रशिक्षकलाई जनही ३ लाख र ४ अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री महेश्वर गहतराज पनि सहभागी भएका थिए। साफ फुटबलको इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित भएको थियो।

कार्यक्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, कप्तान किरण चेम्जोङ र रोहित चन्द भने उपस्थित भएनन्। कप्तान किरण माल्दिभ्समा र रोहित इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्न गएका छन् भने मुख्य प्रशिक्षक अलमुताइरी पनि नेपालबाहिर छन्।

ad
ad