१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँदै आयोगले भन्यो– दण्डहीनताको अवस्था अझै विद्यमान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:२५:oo

राष्ट्रिय मानवअधिकार आयोगले देशमा दण्डहीनताको अवस्था अझै विद्यमान रहेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले दण्डहीनताको अवस्था कायमै रहेको औँल्याएको हो । 

सिफारिस कार्यान्वयनमा प्रगति नहुनु, सरकारबाट अपेक्षित सहयोग प्राप्त नहुनु, कानुनी अपर्याप्तता आदि चुनौती यथावत रहेको आयोगले बताएको छ । आयोगका चुनौतीलाई सम्बोधन गर्न सरकार एवं सरोकारवालाहरूलाई घच्घच्याइरहेको अध्यक्ष तपबहादुर मगरले बताए । 

आयोगका अनुसार आर्थिक वर्ष ०७७–७८ मा १८६ उजुरी परेका छन् । पुराना र नयाँ गरी २६१ उजुरीउपर अनुसन्धान सम्पन्न भएका छन् ।

आयोगका अनुसार मानवअधिकारको अवस्था एवं विविध विषयमा २१२ अनुगमन सम्पन्न भएको छ । अनुसन्धान गरिएका उजुरीमाथि १८८ निर्णय भएका छन् ।

ad
ad