Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मेरिसा क्विई
२०७८ मङ्सिर १४ मंगलबार १०:२५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आप्रवासन नीति मानवतावादी एवं समावेशी हुनुपर्छ

Read Time : > 2 मिनेट
मेरिसा क्विई
२०७८ मङ्सिर १४ मंगलबार १०:२५:००

जन्म र मृत्यु हाम्रो जीवनका महत्वपूर्ण दुई निर्णायक क्षण हुन् । बृहत्स्तरमा हेर्दा यिनले जनसंख्या विस्तार र संकुचनमा प्रभाव पारेका हुन्छन् । कोभिड–१९ महामारीले अभूतपूर्व रूपमा आधुनिक स्वास्थ्य संकटको संकेत गरेको छ । यसले ५० लाखभन्दा बढीको मृत्यु निम्त्याइसकेको छ । यद्यपि, अधिक जनसंख्याको चिन्ता अझै प्रबल छ । जनसंख्या परिवर्तनको विश्लेषण भविष्यको कल्पना गर्ने माध्यम हो । प्राचीनकालदेखि नै राजनीतिक एवं धार्मिक नेताहरूले जनसंख्याको शक्ति र यससँग अन्तर्निहित सम्बन्ध रहेका सुरक्षा र समृद्धिलाई मान्यता दिँदै आएका छन् । एक अनुसन्धानले महामारीले अमेरिकामा ४० प्रतिशतभन्दा बढी महिलालाई बच्चा जन्माउने योजनामा परिवर्तन गरेको संकेत गरेको छ । ताइवान, कोरिया र सिंगापुरमा प्रजनन दर तीव्र गतिमा घट्दै गएको छ । 

जनसंख्याविद्हरूले करिब तीन करोड काम गर्ने उमेरका युरोपेली सन् २०५० सम्म ‘हराउन’ सक्ने अनुमान गरेका छन् । अनुमानअनुसार उमेर संरचनामा ठूलो परिवर्तनका सम्भावना छन्, जसले हामीलाई परिवार र समाजको पुनः कल्पना गर्न बाध्य तुल्याउन सक्छ । ८० वर्षभन्दा माथिका युरोपेली एकैपटक लामो समयसम्म सेवानिवृत्त हुनेछन् । सन् २०३० को दशकमा सेवानिवृत्त हुने अमेरिकीको संख्या बालबालिकाभन्दा बढी हुनेछ । प्रतिष्ठित स्वास्थ्य जर्नल द ल्यान्सेटले विश्वभर नै प्रजनन क्षमतामा तीव्र गिरावट आउने अनुमान गरेको छ । प्रजनन क्षमतामा तीव्र गिरावटले निम्त्याउने जनसांख्यिक आँधी र सरकारले महामारीका वेला लागू गरेका नीतिहरूले कल्याणकारी राज्य एवं स्वास्थ्य व्यवस्थाको मागलाई थप चर्को बनाउनेछ । 

प्रतिस्थापन आप्रवासनले काम गर्ने उमेरको जनसंख्यामा आएको गिरावट र समग्र बुढ्यौलीलाई सन्तुलित गर्छ । तर, यसो हुँदा केही प्रभाव देखिनेछन्, अर्थात् आप्रवासी स्वीकार गर्ने मुलुकमा प्रजनन क्षमता बढी रहनेछ भने ‘पठाउने’ राष्ट्रहरूमा प्रजनन दर घट्नेछ । तसर्थ आप्रवासीहरूको आर्थिक माग जारी नै रहनेछ । कल्पित राष्ट्रिय पहिचान र ‘मानकहरू’ले जनसांख्यिकीय सुरक्षालाई जटिल बनाउँछन् । उप–प्रतिस्थापन प्रजनन द्विविधाले लोकप्रियतावादी दक्षिणपन्थी पार्टीहरूलाई बलियो बनाउँछ, जसले आप्रवासनलाई अस्तित्वको खतरा वा ‘गम्भीर प्रतिस्थापन’का रूपमा देखाउनेछन् ।

अनुसन्धानहरूले उदार आप्रवासन नीति घट्दो जनसंख्या वृद्धि र आर्थिक उत्पादकत्वको समाधान हो भन्ने देखाएका छन् 

उदाहरणका रूपमा श्वेतलाई रैथानेलाई अश्वेतले प्रतिस्थापन गर्ने प्रचार गरिएको भयलाई लिन सकिन्छ । जापान र हंगेरीजस्ता मुलुकले आफ्नो तथाकथित सांस्कृतिक एकरूपतालाई प्राथमिकता दिन्छन् र आप्रवासनलाई अस्वीकार गर्छन् । युरोप पर्खालहरू निर्माण गर्ने र बसाइँसराइको अभिन्न भूमिकालाई मान्यता दिनेबीचको द्विविधामा परेको छ । शरणार्थीलाई स्वीकार गर्ने मामिलामा ‘एकता’ अकल्पनीय छ । आप्रवासनविरुद्धको विशेषाधिकार रुचाइएको छ, तर यसले निम्त्याउने बाह्यकरण विवादास्पद छ, अर्थात् अधिनायकवादी नेताद्वारा आप्रवासीलाई हतियार बनाउन सहयोग गर्ने देखिन्छ । सन् २०१६ को युरोपियन युनियन र टर्कीको सम्झौताले नयाँ दिशाका लागि मार्गप्रशस्त गरेको छ । ग्रिस र टर्कीबीचको गनबोट कूटनीतिले भिडन्तमा फसेका आप्रवासीको जोखिमलाई उजागर गरेको छ । लिबियासँगको युरोपियन युनियनको ‘साझेदारी’ले बेचबिखन र दासत्वलाई पुनरुत्थान गर्न सहयोग गरेको छ । अन्यत्र, पाकिस्तान र इरानले ९० प्रतिशतभन्दा बढी अफगान शरणार्थीलाई शरण दिएका छन् । 

तेहरानले शरणार्थीको स्वतन्त्र निगरानीमा रोक लगाएको छ र आफ्नो मुलुकसम्बन्धी प्रतिबन्धका मामिलामा हुने वार्तामा शरणार्थीलाई प्रयोग गरेर फाइदा लिइरहेको छ । पाकिस्तान निर्दयी रूपमा अप्रत्यक्ष युद्धमा संलग्न भएको थियो, नतिजा तालिबानको विजय र मानवीय संकटपूर्ण बसाइँसराइलाई सहयोग पुग्यो । त्रुटिपूर्ण ‘मूल कारणहरू’ भन्ने भाष्यमार्फत युरोपियन युनियनले नाफा आर्जनसँग विकास सहायतालाई जोडेको छ । ‘दृश्य र दिमाग बाहिर’को रणनीतिको आप्रवासन विरोधले मतदानमा राम्रै नतिजा दिएको छ, जुन वास्तवमा आप्रवासीको क्रूर मूल्यमा आधारित छ ।

जनसांख्यिकीय सुरक्षाका लागि यसले के अर्थ राख्छ ? अस्तित्वको खतरा नभई बसाइँसराइको अभिन्न भूमिकालाई समग्र र दीर्घकालीन रूपमा बुझ्नुपर्छ । उदार आप्रवासन नीतिहरू घट्दो जनसंख्या वृद्धि र आर्थिक उत्पादकत्वको समाधान हो भन्ने तथ्य अनुसन्धानले देखाउँछ । केही जनसंख्याविद्ले मुलुकबीचमा युवा आप्रवासीलाई आकर्षण गर्न प्रतिस्पर्धा गर्ने बताएका थिए, यद्यपि ब्रेक्जिट र डोनाल्ड ट्रम्पको चुनाव जितले जनसांख्यिकीय र आर्थिक तर्कलाई प्रतिकूल बनाइदिएको छ । स्मरण रहोस्, यी दुवै सन्दर्भमा आप्रवासनसम्बन्धी नीति केन्द्रमा रहेको थियो । यी सबैका दूरगामी परिणाम छन् । सीमामा पर्खाल एवं सुरक्षा सुदृढीकरण, आप्रवासन तथा निर्वासनको बाह्यकरणले नयाँ खतरा उत्पन्न गराउने देखिन्छ । असुरक्षित समाजमा हुने युवाका बढ्दो संख्याले निम्त्याउने चरमपन्थ र उनीहरूको अन्तर्राष्ट्रिय आपराधिक (लागुऔषधसहित) गिरोहहरूमा संलग्नता नै विप्रेषणको प्रमुख विकल्प हुन जान्छ । 

मुलुक फिर्ती/निकाला र स्वस्फूर्त फिर्ती एउटै होइन, अर्थात् मुलुक फिर्ती÷निकालाले निम्त्याउने लघुताभास र अपमानले हिंसाका विभिन्न तह सिर्जना हुन् सक्छन् । यदि घट्दो जनसंख्याको समाधान आप्रवासन हो भने हामी यसमा कसरी काम गर्न सक्छौँ ? हामीले आप्रवासीलाई गर्ने अल्पकालीन सहायताभन्दा बाहिर सोच्नुपर्छ र आत्मनिर्भरता एवं लचिलोपनलाई प्रोत्साहन गर्ने स्थानीय रूपमा एकीकृत दृष्टिकोणको विकास गर्नुपर्छ । समग्रमा समुदायमा आधारित समाधानले नयाँ आप्रवासीप्रतिको शत्रुतालाई कम गर्न सहयोगी हुन सक्छ । राम्रो शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा र किफायती आवासबाट सबै समुदाय लाभान्वित हुन्छन् । असमताको अन्त्य गर्ने, मानवीय आत्मसम्मानको ख्याल गर्ने र न्यायको प्रवर्धन गर्ने विषयमा ध्यान केन्द्रित गर्नु अहिले सबैभन्दा बढी आवश्यक छ । 
द नेसनल इन्टरेस्टबाट (क्याम्ब्रिज विश्वविद्यालयमा आबद्ध क्विई आप्रवासन, शान्ति एवं द्वन्द्व अध्ययनका विज्ञ हुन्)