मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर १३ सोमबार ०८:४२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामा काठमाडौंमा २३० अन्तर्राष्ट्रिय उडान

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १३ सोमबार ०८:४२:००

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विन्टर सिजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवाको उडानतालिका सार्वजनिक गरेको छ । क्यानले २७ मार्च २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय उडानतालिका सार्वजनिक गरेको हो ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित १९ अन्तर्राष्ट्रिय वायुसेवाका लागि उडानतालिका सार्वजनिक गरेको क्यानका उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी गराए । यी एयरलाइन्सले सातामा करिब दुई सय ३० अन्तर्राष्ट्रिय उडानमार्फत काठमाडौंलाई विश्वका विभिन्न सहरसँग जोड्नेछन् ।

तालिकाअनुसार कतार एयरवेज, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबईले सबैभन्दा बढी उडान अनुमति पाएका छन् । कतार एयरवेजले दोहा–काठमाडौं दैनिक पाँचवटा, एयर अरेबियाले सारजहाँ–काठमाडौं दैनिक तीन र आबुधावी–काठमाडौं दैनिक एक उडानको अनुमति पाएको छ । 
क्यानका अनुसार गल्फ एयरले डिसेम्बरदेखि हप्तामा तीनवटा उडान गर्न प्रस्ताव गरेको छ । साथै, डिसेम्बरदेखि इन्डियासँगका उडान पनि थपिने देखिएको छ ।