हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री अघिकारीसहित सातै जनाप्रति यूएईमा शोक सभा

२०७५ फाल्गुण १९ आइतबार १७:२७:०० | यूएई 

गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित सातै जनाप्रति यूएईमा शोक सभा गरिएको छ । दुर्घटनामा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, क्याप्टेन प्रभाकार के.सी तथा मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरेको मृत्युमा शाेक सभा गरिएकाे हाे । 

कार्यक्रममा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका मन्त्रीलगायत सातै जनाको फोटोमा माल्यार्पण गरेर मौनधारण गरिएको थियो । कार्यक्रममा उपस्थितहरुले स्वर्गीय अधिकारीलगायत अन्य व्यक्तिहरुले गरेकाे योगदानकाे प्रशंसा गर्दै एक होनहार युवा नेतृत्व गुमाउनु पर्दा राज्यले ठुलो क्षति बेहोर्नु परेको धारणा व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस