Skip This
एमालेभित्र कुनै गुटबन्दी छैन : गोकर्ण विष्ट (भिडियोसहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ७ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ७ मंगलबार १६:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेभित्र कुनै गुटबन्दी छैन : गोकर्ण विष्ट (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ७ मंगलबार १६:१३:oo

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तर्विरोध नरहेको बताएका छन्। मंगलबार पार्टीको स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव विष्टले महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए।

‘आजको सन्दर्भमा नेकपा (एमाले)लाई चारैतर्फबाट जुन ढंगले घेराबन्दी गर्ने प्रयत्न गरिँदै छ, नेकपा (एमाले)माथि षड्यन्त्र गरिँदै छ, जुन प्रकारले प्रहारको निशाना बनाइँदै छ, यो कुरालाई हामीले गम्भीरतासाथ मनन गर्दै सहमति, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सीमाभित्र रहेर नै हामीले महाधिवेशन सम्पन्न गर्छौँ,’ उनले भने, ‘एमालेभित्र विवाद, अन्तर्विरोध छैन।’

विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिरसमेत गरेका छन्। ‘बाहिर जुनप्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होला कि भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान्, त्यो प्रकारको अवस्था आउँदैन। हामी आउन दिँदैनौँ। समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्ने गरी नै हामी अगाडि बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन,’ उनले भने।