Skip This
पूर्वयुवराज्ञी हिमानी शाह छठ मनाउन पुगिन् वीरगन्जको घडिअर्वा पोखरी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Tuesday, 13 May, 2025
तिवारी यादव वीरगन्ज
२o७८ कार्तिक २४ बुधबार १७:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वयुवराज्ञी हिमानी शाह छठ मनाउन पुगिन् वीरगन्जको घडिअर्वा पोखरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार १७:५४:oo

पूर्वयुवराज्ञी हिमानी शाहले वीरगन्जको घडिअर्वा पोखरीको छठ घाट पुगेकी छन्। आज अपराह्न ४ बजे सिमरा अवतरण गरेपछि स्थलमार्ग हुँदै वीरगन्ज पुगेर साँझको अर्घ्यमा उनी सहभागी भएकी हुन्। विगत तीन वर्षदेखि पूर्वयुवराज्ञी शाहले छठ पर्वको समयमा काठमाडौंसहित तराई–मधेसका विभिन्न स्थानमा सहभागी हुँदै आएकी छिन्। पूर्वयुवराज्ञी शाहको वीरगन्ज आगमन भएपछि बारा र पर्साका राजावादी संघसस्थाहरूले स्वागत गर्दै घडिअर्वा पोखरी छठघाटमा सहभागी गराएको  राप्रपाका केन्द्रीय सदस्य नगिना यादवले बताए।

साह वीरगन्ज घडीअर्वामा पुग्नुअगाडि हेलिकाेप्टरले पुष्पवृष्टि गरेको थियो। यादवका अनुसार पूर्वयुवराज्ञी शाह बिहीबार बिहान माइस्थान मन्दिर दर्शन गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको छ।