मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

८८औँ दिनमा मन्त्रिपरिषद् विस्तार : बनाइएन उपप्रधानमन्त्री, राज्यमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१९:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्रीविना नै मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पूर्णता दिएका हुन्।

यसक्रममा प्रधानमन्त्री देउवाले यसअघि कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै, यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठको जिम्मेवारी हेरफेर गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ। 

नयाँ थपिने मन्त्रीहरू राजेन्द्रप्रसाद श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या, मीनेन्द्रप्रसाद रिजाललाई रक्षा मन्त्रालय, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालय, रेनुकुमारी यादवलाई भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, दिलेन्द्रप्रसाद बडूलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

यसैगरी, देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, महिन्द्र राय यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र रामकुमारी झाँक्रीलाई सहरी विकास, गजेन्द्रबहादुर हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, रामसहायप्रसाद यादवलाई वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र महेश्‍वरजंग गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

साथै भवानीप्रसाद खापुङलाई स्वास्थ्य राज्यमन्त्री र बोधमायाकुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। गृहमन्त्री खाणलाई भने प्रधानमन्त्रीपछिको दोस्रो वरीयतामा राखिएको छ। मन्त्रीहरूलाई आज अपराह्न साढे ४ बजे शपथको तयारी गरिएको छ।