१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निजी क्षेत्रको गुनासो सम्बोधन नगरी सूचना प्रविधिको विकासले गति लिन सक्दैन : सभापति खड्का  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:१८:oo

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले सरोकारवालासँग विस्तृत छलफल गरेर मात्रै सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न सरकारलाई सचेत गराएकी छिन् । खड्काले निजी क्षेत्रको गुनासो सम्बोधन नगरी सूचना प्रविधि क्षेत्रको विकासले गति लिन नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराइन् । 

काठमाडौंमा मंगलबार आयोजित सूचना प्रविधि क्षेत्रको विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले निजी क्षेत्रले सरकार पुग्न नसकेको ठाउँमा पनि सूचना प्रविधिको विकास पु¥याएको सेवाको मूल्यांकन हुनुपर्ने बताइन् । उनले भनिन्, ‘सरोकारवालाहरूसँग विस्तृत छलफल गरौँ । सूचना प्रविधि क्षेत्रको विकासका लागि विज्ञहरूको पनि परामर्श लिऔँ । र, यसको क्षेत्रको विकासमा एकीकृत ढंगले लाग्न पनि सरकारलाई सचेत गराउन चाहन्छु ।’

खड्काले सूचना प्रविधि क्षेत्र नयाँ भएकाले यसको विकासमा सरोकारवाला निकायहरूसँग बलियो सहकार्य गरेर अघि बढ्न सरकारलाई पटकपटक निर्देशन दिइएको पनि स्मरण गरिन् । उनले सूचना प्रविधि क्षेत्रको विकासमा एकीकृत खालको योजना ल्याउन पनि सरकारको ध्यानाकर्षण गराइन् । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले निःशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताए ।

ad
ad