१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका ओखलढुंगा
Invalid date format १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टर्चलाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ओखलढुंगा
नयाँ पत्रिका
Invalid date format १२:२६:oo

ओखलढुंगामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। सुनकोसी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरीको टर्चलाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

गाउँपालिकाको वडा नं. १० मा रहेको आफ्नो बेंसीघरमा टर्चलाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर बिहीबार साँझ गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्ले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

गाउँमा वितरण भएको केन्द्रीय प्रसारण लाइनको विद्युत् सर्ट भएर ज्यान गुमाएका गिरीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ।