१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १६ बुधबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १६ बुधबार o७:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिजी नेटको तिज अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १६ बुधबार o७:४८:oo

हालै मात्र नेपाली बजारमा भित्रिएको इन्टरनेट सेवाप्रदायक सिजी नेटले तिजको अवसर पारेर महिलाहरूका लागि विशेष अफर ल्याएको छ । कम्पनीले भदौ १६ देखि ३० गतेसम्मका लागि महिला ग्राहकलाई विशेष उपहार योजना ल्याएको हो । 

महिला ग्राहकलाई लक्षित गरी ल्याइएको अफरमा ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सब्स्क्राइब गर्ने महिलालाई उपहार योजनामा सहभागी गराउने कम्पनीले जनाएको छ । योजनाअनुसार लक्की ड्रमार्फत दैनिक दुईवटा घरायसी सामग्री पुरस्कारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

त्यसका साथै अफरको अन्तिम दिन एकजनालाई बम्पर लक्की ‘ड्र’का साथै नौजनालाई थप पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर हाल सिजी नेटको सेवा विस्तार भएका स्थानमा मात्र लागू हुने जनाइएको छ ।

कम्पनीले जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालीमाटी, सतुंगल, बल्खु, छाउनी, कलंकीमा सेवा विस्तार गरिसकेको र थप स्थानहरूमा विस्तार गर्ने काम भइरहेको जनाएको छ ।