Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ ४ शुक्रबार २०:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१० बुँदे सहमति कार्यान्वयन गर्न लगाएर एमालेलाई एकजुट गराउँछौँ : गोकर्ण विष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ ४ शुक्रबार २०:३८:००

एमाले नेता गोकर्ण विष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरू लागिपर्ने बताएका छन् ।

शुक्रबार महाराजगन्जस्थित एरिकल इभेन्ट्स होटेलमा भएको युवा नेताहरूको भेलापछि पत्रकारलाई संक्षिप्त जानकारी दिँदै विष्टले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल भएको बताए ।

उनले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको आफूहरूले विरोध गर्ने उल्लेख गरे ।