१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १९ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ श्रावण १९ मंगलबार १४:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना खोपको तत्काल व्यवस्था गर्न सुनसरीका उद्योगीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ श्रावण १९ मंगलबार १४:३६:oo

सुनसरीका उद्योगीहरूले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उद्योगधन्दा सञ्चालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरूको उद्योगमा काम गर्ने श्रमिकका लागि पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलले सरकारसँग माग गरे । 

उनले निर्यात व्यापारका लागि, मुलुकभित्रै रोजगार सिर्जना गर्न पनि उद्योगधन्दा चाहिने भए पनि सरकारले उद्योगहरूमा काम गर्ने वातावरण निर्माणका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था अझै मिलाउन नसकेको भन्दै दुःखसमेत व्यक्त गरे । पहुँचवाला मान्छेलाई खोप दिने सरकारले उद्योगमा काम गर्ने श्रमिकहरूलाई सो व्यवस्था गर्न नसकेकोमा कर्मचारी प्रशासन प्रमुख पोखरेलको आपत्ति छ ।