मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार २८ सोमबार ०९:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी हिरासतबाट थुनुवा फरार प्रकरणमा तीन प्रहरी निलम्बित 

Read Time : < 1 मिनेट
२०७८ असार २८ सोमबार ०९:१४:००

सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षबाट लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरणमा तीन जना प्रहरी निलम्बनमा परेका छन् । 

थुनुवा फरार रहेका बेला ड्युटीको जिम्मेवारीमा रहेका प्रहरी सहायक निरीक्षक, हबल्दार र प्रहरी जवानसहित तीन जनालाई आइतबार निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । 

लागूऔषध  ओासरपोसारका पटके कारोबारी सिराहाको नवराजपुर गाउँपालिका १ भगवतीपुर तामासुइयाका पशुपति यादव पछिल्लो पटक २६ असारको बिहान करिब २ बजेतिर झ्यालको ग्रिल फोडेर फरार भएपछि अनुसन्धानका लागि ड्युटीको जिम्मेबारीमा तीनजनालाई निलम्बन गरिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए । 

उनका अनुसार जिल्ला प्रहरीले अनुसन्धानका लागि चार सदस्यीय छानबिन समिति गठन गरी फरार रहेका यादवको जिल्लाभरका प्रहरी युनिटहरुमार्फत् खोजलास गरिरहेको छ ।