१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १९ शनिबार
  • Wednesday, 03 July, 2024
२o७८ असार १९ शनिबार २o:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

खरिदसम्बन्धी काम गर्ने कर्मचारीको योग्यता निर्धारण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार १९ शनिबार २o:३४:oo

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायमा खरिदसम्बन्धी संग्लन कर्मचारीको योग्यता निर्धारण गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विज्ञप्ति जारी गर्दै सचिवस्तरीय निर्णयबाट सार्वजनिक निकायमा खरिदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारणसम्बन्धी मापदण्ड, २०७८ स्वीकृत भएको हो ।

सार्वजनिक खरिद ऐन २०७३ मा खरिदसम्बन्धी काम गर्ने कर्मचारीको योग्यता निर्धारण भए पनि कार्यान्वयनमा नरहेकाले सार्वजनिक निकायलाई स्वच्छ, प्रतिस्पर्धी, विश्वसनीय र पारदर्शी बनाउन मापदण्ड ल्याइएको बताइएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा (२)मा सार्वजनिक निकायले खरिदसम्बन्धी कार्य सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता र खरिद कार्यसम्बन्धी ज्ञान भएको तथा तालिमप्राप्त कर्मचारीबाट गराउनुपर्ने व्यवस्था छ । 

कार्यालय उपसचिव विष्णुप्रसाद कोइरालाका अनुसार, खरिद एकाइको बस्ने भन्ने विषयमा रहेको अलमल हटाउनका लागि कर्मचारीको योग्यतासम्बन्धी मापदण्ड ल्याइएको हो । उनी भन्छन्, ‘खरिद प्रक्रियामा खरिद एकाइ गठन नहुँदा भइरहेका व्यावहारिक अप्ठ्याराहरू हटाउन, तालिम वा योग्यता नपुगेका कर्मचारी रहँदा हुने खरिद प्रक्रिया, लागत अनुमान र यसमा भइरहेका अनियमितता हटाउनका लागि निश्चित योग्यता तोकेर मापदण्ड निर्धारण गरिएको हो । कतिपय कार्यालयमा विभिन्न कारणवश खरिद एकाइ नै छैनन्, खरिद प्रक्रिया व्यवस्थित गर्नका लागि एकाइहरू आवश्यक छन् । विशेषगरी, विकास बजेट बढी खर्च हुने निकायहरू कर्मचारीलाई निश्चित तालिम दिने व्यवस्था समेत लागू गरेर एकाइ गठन गरिनुपर्ने तयारी थालिएको छ ।’ 

मापदण्डअनुसार सार्वजनिक निकायले आफूअन्तर्गतको सार्वजनिक खरिद प्रयोजनका लागि खरिद एकाइ प्रमुखसमेत तीनदेखि पाँचजना रहने गरी खरिद एकाइ गठन गर्नुपर्नेछ । एकाइ गठन गर्दा प्रशासनिक, प्राविधिक र लेखासम्बन्धी काम गर्ने कर्मचारीमध्येबाट खरिदसम्बन्धी ज्ञान भएका र तालिम लिएका कर्मचारीलाई समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यदि पहिलेदेखि नै कार्यालयअन्र्तगत खरिद महाशाखा, शाखा वा एकाइ रहेमा त्यसको प्रमुखको संयोजकत्वमा खरिद एकाइ गठन गर्नुपर्ने उल्लेख छ ।

सार्वजनिक निकायको प्रमुखको पद श्रेणी र तहको आधारमा निर्धारण गरिने व्यवस्था गरिएको छ । सामान्यतया, सोभन्दा एक श्रेणी र तहमुनिका कर्मचारीलाई खरिद एकाइ प्रमुख तोकिनेछ र यसरी तोक्न सम्भव नभएमा कम्तीमा दुई श्रेणी तहमुनिको कर्मचारीलाई एकाइ प्रमुखको जिम्मेवारी दिन सकिने उल्लेख गरिएको छ । कुनै निकायको संगठन संरचनामा स्थायी रूपमा खरिद महाशाखा, शाखा वा एकाइ रहेको छ भने त्यही निकायको प्रमुखलाई खरिद एकाइको प्रमुखको जिम्मेवारी दिनुपर्ने मापदण्डमा उल्लेख छ ।

खरिद एकाइको सदस्यको योग्यता मूल्यांकन समितिका निधारित पदाधिकारीबाहेक साथै खरिद एकाइ प्रमुखबाहेक कर्मचारीमध्येबाट, निकायको खरिद कार्यको प्रकृति मिल्ने कार्यक्षेत्रमा काम गरेका कर्मचारी, निकायको वरिष्ठ कर्मचारी मूल्यांकन समितिमा र कनिष्ठ लेखा कर्मचारी खरिद एकाइमा सदस्यका रूपमा राख्न सकिने व्यवस्था गरिएको छ । निकायमा एक मात्र कर्मचारी भएको अवस्थामा भने मूल्यांकन समितिमा मात्र राख्न पाइने उल्लेख गरिएको छ । 

त्यस्तै, बोलपत्र मूल्यांकन समितिमा र खरिद सम्झौता व्यवस्थापन÷कार्यान्वयनमा काम गर्ने कर्मचारीको समेत योग्यता तोकिएको छ । मूल्यांकन समितिको विशेषज्ञ हुनेले सम्बन्धित विषयमा कम्तीमा पनि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष कार्य गरेको अनुभव प्राप्त हुनुपर्नेछ भने व्यवस्थापन÷कार्यान्वयनमा काम गर्ने कर्मचारीले खरिद कार्यको प्रकृतिसँग मेल खाने विषयमा प्राविधिक ज्ञान र अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४७ बमोजिम मूल्यांकन समितिको निर्धारित पदाधिकारीबाहेकका कर्मचारी कुनै कारणवश सार्वजनिक निकायमा नरहेको वा न्यून संख्यामा कार्यरत पदस्थापना भएको परिस्थितिमा सार्वजनिक निकायका प्रमुखबाहेक अन्य कर्मचारीबाट खरिद एकाइ गठन गर्न सकिनेछ ।

ad
ad
ad
ad