१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
वडाध्यक्ष सूर्य कुमार श्रेष्ठ
श्रवण थापा सर्लाही
२०७८ असार १२ शनिबार १०:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ असार १२ शनिबार १०:१०:००

वडाध्यक्षको हत्या गरी हिलोमाटोमा पुरियो

सर्लाहीको ईश्वरपुरमा स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या भएको छ । शुक्रबार राति करिब ११ बजेतिर ईश्वरपुर नगरपालिका–३, का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको हो । वडाध्यक्ष श्रेष्ठ सोही वडाकाे भक्तिपुरनिवासी हुन् । वडाध्यक्ष र डोजर चालकबीच विवाद भएको र चालकले डोजरको बकेटले हानेर श्रेष्ठको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । 

'उनीहरू पहिला घटनास्थलनजिकैको होटेलमा बसेर खाजा खाएका रहेछन् । खाजा खाँदै जाँदा उनीहरूबीच मनमुटाव सुरु भएछ ।' प्रहरी उपरीक्षक राठौरले भने, 'खाजा खाइसकेपछि दुवैजना घरतर्फ लागेछन् । घरतर्फ जाँदै गर्दा बाटाेमा उनीहरूबीच थप भनाभन भएछ । दुवैजनाबीच विवाद हुँदा चालकले अचानक नजिकै रहेको स्काभेटर स्टार्ट गरी बकेटले हानेर वडाध्यक्षको हत्या गरी हिलो माटोले पुरेको देखिन्छ ।' 

घटनाको जानकारी पाएलगत्तै प्रहरी टाेली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले वडाध्यक्ष श्रेष्ठलाई अचेत अवस्थामा हिलो माटोले पुरेको अवस्थामा फेला पारेको प्रहरी उपरीक्षक राठौरले बताए । वडाध्यक्ष श्रेष्ठलाई अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३ निवासी ३५ वर्षीय  प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नगरपालिका–१ हजार विगाहका ३८ वर्षीय रविन भन्ने हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । 

दाहाललाई घटनालगत्तै नियन्त्रणमा लिइएको हाे भने फरार रहेका जेसिबीचालक तामाङलाई शनिबार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ । 

अन्दाजी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । अप्रत्यासित रूपमा घटेको घटनाका कारण गाउँ नै शोकमा परेकाे छ । घटनाको खास कारण पत्ता नलागेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।