१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ६ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार ६ आइतबार o४:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जंगल सफारी लजको प्याकेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार ६ आइतबार o४:५५:oo

चितवनको सौराहामा सञ्चालित जंगल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरेर ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ । यस योजनाअन्तर्गत आन्तरिक पर्यटकले तीन रातको रुमको प्याकेज ४ हजार रुपैयाँमा पाउनेछन् ।

कोभिडले संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न होटेलले शुलभ मूल्यको प्याकेज ल्याएको होटेलका सञ्चालक सुमन घिमिरेले बताए । ‘कोभिडका कारण पर्यटन क्षेत्र तहसनहस भएको छ, यो क्षेत्रलाई तंग्र्याउन सक्दो योगदान गर्नुपर्छ भन्ने मान्यतासहित हामीले यो योजना ल्याएका हौँ,’ उनले भने, ‘होटेलको कोठामा ६२ प्रतिशत छुट दिएका छौँ, कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनेछन् ।’

यस योजनामा सहभागी हुन असार महिनाभित्र प्याकेज खरिद गर्नुपर्ने हुन्छ । आफूले खरिद गरेको प्याकेज मितिको १ महिनापछि होटेलमा आएर बस्न सकिने सञ्चालक घिमिरेले जानकारी दिए । प्याकेज खरिद गरेका पर्यटकले आगामी २८ चैतसम्म होटेलको सुविधा उपभोग गर्न पाउनेछन् ।

उनका अनुसार यस योजनामा एक हजारजना सहभागी गराइनेछ । यो प्याकेजभित्र ब्रेकफास्ट उपलब्ध छैन र ग्रुप बुकिङका लागि पनि यो योजना लागू हुनेछैन । ‘पैसा तिरेर प्याकेज खरिद गर्नेहरूले १५ दिनअगावै होटेलमा कोठा बुक गर्नुपर्ने हुन्छ,’ उनले भने ।